आइतबार, ४ साउन २०८२

मध्य भोटेकोशी जलविद्युत कम्पनीले दुई अर्ब ९४ करोडको आईपीओ जारी गर्ने,६ वटा बिक्री प्रवन्धक नियुक्त

समयपोष्ट २०७४ वैशाख २२ गते ५:५८

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दुई अर्ब ९४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापीटललाइ निष्काशन तथा विक्री प्रवन्धक तथा अन्य ६ वटा क्यापिटललाई सह निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले संस्थापक शेयरधनीले लिएको बाहेकका अन्य समुहलाई छुट्टाइएको दुई अर्ब चौरानब्बे करोड बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले हुने दुई करोड चौरानव्बे लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।

कम्पनीले तीन चरणमा उक्त परिमाणको साधारण सेयर जारी गर्ने जनाएको छ ।जसमध्ये पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल एक अर्व सत्र करोड बराबरको एक करोड सत्र लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि एक्काईस करोड बराबरको एककाईस लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि छ करोड बराबरको छ लाख कित्ता शेयर जारी गर्नेछ ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि साठी करोड बराबरको साठी कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

तेस्रो चरणमा कम्पनीले सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि नव्बे करोड बराबरको नव्बे लाख कित्ता शेयरहरु जारी गर्नेछ ।

कम्पनी सेयर जारी गर्न प्रभु क्यापिटल.,सिभिल क्यापिटल मार्केट,एस क्यापिटल., सि.बि.आई.एल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट सह निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त भएका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री