बिहीबार, १५ चैत २०८०

डाबर रियल बर्स्ट पाइनाप्पल र मिक्सड् फ्रुट जुस बजारमा

समयपोष्ट २०७४ वैशाख २२ गते २:५६

 रियल ब्रस्ट जुसले २ नवीन स्वादका नयाँ जुस पाइन एप्पल र मिक्सड् फ्रुट बजारमा ल्याएको छ ।

Advertisement

रियल बस्र्ट पाइन एप्पल र मिक्सड् फ्रुटले चर्को गर्मीमा रिफ्रेस अनुभुति दिने जनाइएको छ । यी दुई नवीन स्वादका नयाँ जुसले चिसो र स्फूर्ति अनुभव दिलाउने कम्पनीको दावी छ । रियल बस्र्ट पाइन एप्पल र मिक्सड् फ्रुटको १ लिटर प्याक एक सय ५० र २ सय रुपैयाँमा उपलव्ध छ । मिलिप्याक २४ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रियल बस्र्ट बजारमा पाइने फ्लेवर्ड र कार्बोनेटेड ड्रिङ्कहरुको स्वस्थकर विकल्प रहेको जनाइएको छ । डाबर नेपालको बजार विभाग प्रमुख अभयप्रसाद गोर्खालीले उत्पादन समुहको बजारमा अग्रणी भएको नाताले उपभोक्तालाई सदैव नयाँ स्वादका उत्पादन पस्कँदै आएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री