शनिबार, ८ वैशाख २०८१

सिभिलको ३० प्रतिशत हकप्रद बिक्री तथा निष्कासनको जिम्मा लक्ष्मी क्यापिटललार्इ

समयपोष्ट २०७४ वैशाख २० गते १२:२३

सिभिल बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासनकालागि लक्ष्मी क्यापिटल मार्केटलार्इ बिक्री तथा निष्कासन प्रबन्धक नियुक्त गरेको छ। सम्झौतापत्रमा सिभिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरे।

Advertisement

बैंकले आगामी जेठ ४ गते बोलाएको साधारणसभाबाट पारित हुने बोनस शेयर तथा युनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलार्इ प्राप्तिपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशतले जारी हुने हकप्रदका लागि लक्ष्मी क्यापिटललार्इ बिक्री तथा निष्कासन प्रबन्धक तोकेको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री