यस्तो छ आगामी आर्थिक वर्षको बजेट(पूर्णपाठ)
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालु आवको तुलनामा ५.५८ प्रतिशत र संशोधित बजेटको तुलनामा १८.२ प्रतिशतले बजेट वृद्धि गरिएको जानकारी दिएका छन्।
चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेटमा ११ खर्ब ८० अर्ब ९८ करोड चालु खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ६०.१ प्रतिशत हो। पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) विनियोजन गरिएको छ।
प्रदेश र स्थानीय तहलाई हस्तान्तरण हुने रकममा पनि वृद्धि गरिएको छ। आगामी वर्ष ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिनेछ, जुन चालु आर्थिक वर्षको ४ खर्ब ८ अर्ब २७ करोडभन्दा धेरै हो।
बजेट खर्चको स्रोततर्फ सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ। यसअघि चालु वर्षमा १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य राखिएको थियो। बाँकी रकम आन्तरिक र वैदेशिक ऋण तथा अनुदानबाट जुटाइनेछ। आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड संकलन गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए।
प्रतिक्रिया