कर्मचारीको महँगी भत्ता ५ हजारले वृद्धि, साउन १ देखि लागू हुने
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा निजामती कर्मचारीको तलब नबढाउने निर्णय गरेको भए पनि महँगी भत्तामा ५ हजार रुपैयाँको वृद्धि गरेको छ। बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक दायित्व र स्रोत व्यवस्थापनको सीमाका कारण तलब वृद्धि सम्भव नभएको स्पष्ट पारे।
“कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता सरकारलाई छ, तर स्रोत व्यवस्थापनमा परेको दबाबले तलब बढाउन सकिएको छैन,” पौडेलले भने, “तर महँगीको असर कम गर्न आगामी साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीलाई मासिक ५ हजार रुपैयाँ महँगी भत्ता थपिनेछ।”
सरकारको यो निर्णयले तलब वृद्धिको अपेक्षामा रहेका कर्मचारीहरूलाई केही राहत दिने देखिए पनि पूर्ण सन्तोषजनक नहुने अनुमान गरिएको छ। अर्थ मन्त्रालयका अनुसार महँगी भत्ता वृद्धिबाट करिब २ लाखभन्दा बढी सरकारी कर्मचारी लाभान्वित हुनेछन्।
प्रतिक्रिया