सानिमा रिलायन्सको ‘धन सञ्चय जीवन बीमा’ : बचतसँगै आजीवन आर्थिक सुरक्षा
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जीवनमा आइपर्न सक्ने विविध जोखिमहरू — जस्तै रोग, दुर्घटना, प्राकृतिक प्रकोप वा अन्य आकस्मिक परिस्थितिहरूबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यसहित ‘धन सञ्चय जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार, यो योजना केवल बीमा सुरक्षामा सीमित नरही बचत, बोनस तथा दीर्घकालीन लाभसमेत उपलब्ध गराउने आधुनिक जीवन बीमा योजना हो। बीमालेख अन्तर्गत बीमितले आफ्नो जीवनको सक्रिय आम्दानी अवधि तथा आजीवनकालका लागि पनि दुईपटक बीमा रकम प्राप्त गर्न सक्छन्।
बचत र सुरक्षा एउटै योजनामा
सानिमा रिलायन्सले सार्वजनिक गरेको यो योजनाले अनुशासित बचत प्रणालीलाई प्रोत्साहित गर्दै, सक्रिय आम्दानी गर्न नसक्ने अवस्था वा जीवनको उत्तरार्धमा पनि आर्थिक स्थायित्वको सुनिश्चितता दिन्छ। बीमा अवधि समाप्तिमा बोनससहितको बचत रकम फिर्ता हुने, र बीमितको निधन भएमा परिवारलाई बीमांक रकम प्राप्त हुने व्यवस्था छ।
थप तीन सुविधा: न्यून शुल्कमा
बीमितले सानो अतिरिक्त शुल्क तिरेर तीन अतिरिक्त लाभ लिन सक्नेछन् —
दुर्घटना मृत्यु लाभ
पूर्ण स्थायी अशक्तता लाभ
बीमा शुल्क छुट लाभ
दुर्घटनामा मृत्यु भएमा बीमांक रकमको दोब्बर भुक्तानी गरिनेछ। स्थायी अशक्तता भएमा १२० महिनासम्म मासिक किस्तामा बीमांक रकम प्राप्त हुनेछ, र बाँकी बीमा शुल्क मिनाहा हुनेछ।
लचिलो अवधि र भुक्तानी विकल्प
बीमा अवधिका लागि ५ देखि ३० वर्षसम्मको विकल्प छ भने भुक्तानी अवधि ५, १०, १५, २० र २५ वर्षसम्म रोज्न सकिन्छ। एकमुष्ट बीमा शुल्क भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। बीमितको उमेर १८ देखि ६५ वर्षसम्म हुनुपर्नेछ। न्यूनतम बीमांक ५० हजार रुपैयाँ रहेको छ भने अधिकतम सीमा आय स्रोतको आधारमा निर्धारण गरिनेछ।
किन यो बीमा योजना आवश्यक ?
सानिमा रिलायन्सको अनुसार, यो बीमालेखले बीमा अवधिको समाप्तिपछि पनि बीमा सुरक्षा कायम राख्नेछ। बीमित १०० वर्षसम्म जीवित रहेमा दोस्रोपटक रकम प्राप्त गर्नेछन् भने मृत्यु भएको अवस्थामा कानुनी हकवालाले बीमांक रकम पाउनेछन्। यसले जीवनको उत्तरार्धमा नियमित आम्दानी नभएको अवस्थामा आर्थिक राहत प्रदान गर्छ।
अहिले नै बीमा किन गर्ने ?
कम्पनीका अनुसार, नियमित आम्दानीको सुरुवातसँगै जीवन बीमाको योजना सुरु गर्नु उपयुक्त हुन्छ। जीवनको सक्रिय चरणमा बीमा गर्नाले भविष्यमा लाभदायक हुने र बिमांक रकम समयमै भुक्तानी पाउने आधार तयार हुन्छ।
सानिमा रिलायन्स — भरोसायोग्य साझेदार
कम्पनी आर्थिक रूपमा सबल, पारदर्शी संस्थागत सुशासनमा आधारित र नेपाली समाजअनुकूल जीवन बीमा योजना प्रदान गर्नेमा अग्रणी मानिन्छ। आफ्ना सेवाहरू आधुनिक प्रविधि र उच्च व्यावसायिक नैतिकतामा आधारित बनाई सञ्चालन गरिएको कम्पनीको दाबी छ।
प्रतिक्रिया