शुक्रबार, ९ जेठ २०८२

रवि लामिछाने थुनामै रहने, रिहा गर्न सर्वोच्चद्धारा अस्वीकार

समयपोष्ट २०८२ जेठ ९ गते २१:०२

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै लामिछानेलाई रिहा गर्न अस्वीकार गर्ने आदेश दिएको हो।

यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि उच्च अदालत बुटवलको इजलासले चैत २२ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। यही आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री