गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट दायर
समयपोष्ट
२०८२ जेठ ९ गते २०:१९
गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता मधु चौलागाइले मन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी हुन्।
रिट निवेदन दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतको प्रशासनले आइतबार निर्णय गर्नेछ।
गृहमन्त्री लेखकको सचिवालयमा भिजिट भिसा प्रकरणमा संलग्न व्यक्तिहरू मुछिएको भन्दै सार्वजनिक रूपमा छानबिनको माग बढिरहेको बेला यो रिट दायर गरिएको हो।
प्रतिक्रिया