सानिमा रिलायन्स लाइफको ‘शुभ लक्ष्मी जीवन बीमा योजना’ प्रति ग्राहकको आकर्षण बढ्दो

अन्नपूर्ण गाउँपालिका, कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई कर्मथलो बनाउँदै आएका श्याम गुरूङ पोखराको व्यवसायिक क्षेत्रमा एक सफल नाम हुन्। रेष्टुरेन्ट व्यवसायमा सफलता हात पारेका गुरूङ सन् २०१८ देखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन्।
लायन्स क्लबका अञ्चल अध्यक्ष तथा सल्यानी समिति कास्कीका सचिवको जिम्मेवारी समेत सम्हालेका गुरूङ लगातार चार पटक सानिमा रिलायन्स बन्न सफल भएका छन्। हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘शुभ लक्ष्मी जीवन बीमा’ योजनाका लागि प्रोडक्ट एडभोकेटको भूमिकामा क्रियाशील छन्।
‘शुभ लक्ष्मी जीवन बीमा’ योजनाको लोकप्रियता बढ्दै
सानिमा रिलायन्सले संचालनमा ल्याएको ‘शुभ लक्ष्मी जीवन बीमा योजना’ मध्यम वर्गीय परिवारलाई लक्षित गरी ल्याइएको योजना हो। यस योजनाले न्यून बीमाशुल्कमा तीन गुणासम्मको जोखिम बहन गर्न सक्ने व्यवस्था गरेको छ।
बीमितको प्राकृतिक मृत्यु भएमा बीमाङ्कको दुई गुणा तथा दुर्घटनाबाट मृत्यु भएमा तीन गुणा रकम हकवालालाई भुक्तानी गरिने छ। साथै, १८ वटा घातक रोगमध्ये कुनै एक रोगको पहिचान भएमा १० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी गरिने व्यवस्था छ।
बीमा अवधि र लाभ
बीमितले १० लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख खरिद गरेमा बीमा अवधि समाप्तिपछि सोही रकम र आर्जित बोनस एकमुष्टमा प्राप्त गर्न सक्नेछन्। बीमा अवधि नसकिँदै प्राकृतिक मृत्यु भएमा हकवालाले २० लाख र दुर्घटनामा मृत्यु भएमा ३० लाख रुपैयाँसहित बोनस प्राप्त गर्नेछन्।
उमेरहद र प्रिमियम विकल्प
१८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरूले यो योजना लिन सक्ने छन्। बीमा अवधिको न्यूनतम समय १० वर्ष र अधिकतम ५२ वर्ष निर्धारण गरिएको छ। बीमितको आर्थिक क्षमताअनुसार २५ हजारदेखि १० लाख रुपैयाँसम्मको बीमाङ्कमा योजना खरिद गर्न सकिन्छ।
प्रिमियम भुक्तानीको लागि वार्षिक, अर्धवार्षिक र त्रैमासिक तीन विकल्प प्रदान गरिएको छ। कम्पनीका अनुसार जवानीमा गरिएको सानो बचतले बुढेसकालमा आर्थिक सुरक्षा दिलाउने भएकाले यो योजना लोकप्रिय बन्दै गएको छ।
सानिमा रिलायन्सका प्रोडक्ट एडभोकेट श्याम गुरूङका अनुसार, “यो योजना आम नेपालीको आवश्यकता र आर्थिक हैसियतलाई मध्यनजर गर्दै तयार पारिएको हो। यसले भविष्यमा आर्थिक तनाव घटाउने विश्वास लिएका छौं।”




























प्रतिक्रिया