सोमबार, ५ जेठ २०८२

सुनको मुल्य बढ्यो

समयपोष्ट २०८२ जेठ ५ गते ११:३२

Advertisement

सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री