३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’
नेपालको अटोमोबाइल क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै, हिमालय अर्गनाइजेसन अन्तर्गतको *हिमालय मोट्रक्स प्रा.लि.*ले नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप ‘म्याक्सस इ-टेरोन ९’ सार्वजनिक गरेको छ। यो पिकअप मनाङको ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो।
यस सार्वजनिक कार्यक्रममा एडप्टिभ एअर सस्पेन्सनको पनि सफल प्रदर्शन गरिएको छ। यसले नेपालको विद्युतीय सवारीसाधन यात्रामा नयाँ माइलस्टोन थपेको छ।
किन मनाङमै सार्वजनिक गरियो?
मनाङ जस्तो चुनौतीपूर्ण हिमाली भूभागमा ‘म्याक्सस इ-टेरोन ९’ सार्वजनिक गर्नु केवल लन्च इभेन्ट मात्र नभई यसको अफरोड क्षमता, शक्ति र प्रविधिको परिक्षण पनि हो। चट्टानी बाटो, उच्च उचाइ र कठोर मौसममा समेत यो पिकअपको प्रदर्शन सफल भएको कम्पनीको दाबी छ।
विशेषता र प्रविधिहरू
डुअल मोटर 4WD (अगाडि: १२५kW, पछाडि: २००kW)
अधिकतम टर्क: ७०० Nm
०–१०० किमी/घण्टा: ५.८ सेकेन्ड
उच्चतम गति: १९० किमी/घण्टा
ब्याट्री र रेन्ज:
१०२.२ kWh LFP ब्याट्री
अधिकतम दायरा: ५६० किमी (NEDC मापन अनुसार)
फास्ट चार्जिङ: २०–८०% चार्ज ४२ मिनेटमा
८ वर्ष वा २ लाख किमी वारेन्टी
अफरोड क्षमता:
२६० mm ग्राउन्ड क्लियरेन्स (इलेक्ट्रोनिक एअर सस्पेन्सन सहित)
सबै भू–भाग अनुकूल ड्राइभ मोडहरू
लक्जरी इन्टेरियर:
टू–टोन लेदर सिट (हिटेड, भेन्टिलेटेड, म्यासेज फिचरसहित)
डुअल १२.३ इन्चको डिजिटल डिस्प्ले
वायरलेस चार्जिङसहितको फ्लोटिङ कन्सोल
प्यानोरामिक सनरुफ, एम्बिएन्ट लाइटिङ, रियर ए/सी भेन्ट
सुरक्षामा अग्रणी:
EURO NCAP ५-स्टार रेटिङ
९ एयरब्याग, ३६० डिग्री क्यामेरा
अडाप्टिभ क्रुज कन्ट्रोल, लेन कीप असिस्ट
AEB, BSM, RCTA, TPMS, अटो होल्ड लगायत २०+ सुरक्षा फिचर
मूल्य:
प्रथम चरणको बुकिङको लागि मूल्य: रु. ९९,९९,०००/- मात्र
हिमालय मोट्रक्स र हिमालय अर्गनाइजेसनबारे
हिमालय मोट्रक्स प्रा.लि. हिमालय अर्गनाइजेसनअन्तर्गतको कम्पनी हो, जसले SAIC मोटर कर्पोरेशन अन्तर्गतको Maxus ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरू नेपालमा आयात तथा वितरण गर्छ। Maxus विश्वका ७० भन्दा बढी देशमा सञ्चालन हुने प्रतिष्ठित इलेक्ट्रिक सवारी ब्रान्ड हो।
हिमालय अर्गनाइजेसन सन् १९९१ मा स्थापना भएको नेपालको अग्रणी व्यवसायिक समूह हो, जसले अटोमोबाइल, हस्पिटालिटी, रियल स्टेट, वित्तीय सेवा, कृषि लगायत क्षेत्रमा सेवा दिँदै आएको छ।
प्रतिक्रिया