उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ। छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले शिक्षा समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो।
१५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको समिति संयोजक विश्वकर्माले जानकारी दिए ।
त्यस्तै १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको संयोजक विश्वकर्माले बताए ।
उपसमितिले निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषयमा उपसमितिले निर्णय गर्न सकेको छैन। ती विषयहरू समितिमै फर्काइएको संयोजक विश्वकर्माले बताए । उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई अध्ययनका लागि दिइएको छ।
शिक्षा समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले चैत १८ गतेदेखि आफ्नो कार्य प्रारम्भ गरेको थियो । ३५ दिने समय पाएको उपसमितिले वैशाख २१ गते समय पूरा गरेको थियो । उक्त मितिमा विधेयकमाथि दफावार छलफल सकेको थियो ।
३५ दिने समयमा प्रतिवेदन लेखनको कार्य नसकेपछि शिक्षा समितिले थप १० दिनको म्याद थप गरेको थियो । उपसमितिले १५८ घण्टा ४५ मिनेट समय बैठक बसेको थियो। याेसँगै आजकाे समितिकाे बैठक सकिएकाे छ।
प्रतिक्रिया