निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट


निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता नवीन धितालले अधिकारीलाई गभर्नर पदमै रहँदा गभर्नर सिफारिस समितिमा समावेश गरिनु संविधानविपरीत भएको दाबी गर्दै रिट दर्ता गरेका हुन्।

सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर नियुक्तिको सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको थियो। तर एक महिनासम्म समिति सक्रिय हुन नसकेको भन्दै समितिमा पूर्वगभर्नरको तर्फबाट सदस्य रहेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए।

Advertisement

भट्टराईको राजीनामापछि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई सो समितिमा ल्याइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री