एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
समयपोष्ट
२०८२ वैशाख २८ गते १५:३४
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र त्यसअनुसार कर प्रयोजनार्थ ०.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशअनुसार कम्पनीले कुल ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्नेछ।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
प्रतिक्रिया