रातभरको प्रयासपछि भारत-पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भए : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले युद्धविरामका लागि सहमति जनाएकोमा बधाई दिएका छन्।

Advertisement

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकाको मध्यस्थत अमेरिकाको रातभरको प्रयासपछि दुई देश तत्काल युद्धविरामका लागि तयार भएको जानकारी दिएका छन्।

ट्रम्पले लेखे, “अमेरिकाको मध्यस्थतामा रातभर भएको कुराकानीपछि भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि सहमत भएकोमा म प्रसन्न छु।” उनले दुवै देशले बुद्धिमता देखाएको भन्दै धन्यवाद दिएका छन्।

भारत-पाकिस्तान तनाव बढ्दै गएपछि ट्रम्पले विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए। शनिबार अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख असिम मुनिरसँग टेलिफोन वार्ता गरेका थिए। वार्तामा उनले तनाव चरममा पुगेको बेला दुवै देशले संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरेका थिए।

शनिबार दिउँसो पाकिस्तानी वरिष्ठ सैन्य अधिकारीले भारतीय सैन्य अधिकारीसँग टेलिफोन सम्पर्क गरेपछि आक्रमण रोक्न सहमति भएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले बताए। उनले जमिन, आकाश र समुद्रबाट हुने सबै प्रकारका आक्रमण तत्काल रोक्न दुई देशबीच सहमति भएको जानकारी दिए।

Advertisement

पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि आक्रमण रोक्ने सहमति भएको पुष्टि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री