बिहीबार, १ साउन २०८२

नेप्से परिसूचक घट्दा कारोबार रकम बढ्यो, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

समयपोष्ट २०८२ वैशाख २५ गते १५:५२

बिहीबार नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा पुगेको छ। तथापि, कारोबार रकममा वृद्धि भएको छ। आज २४६ कम्पनीका ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भए, जुन बुधबारको १० अर्ब ५१ करोडको तुलनामा बढी हो।

नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र आइसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सिन्धु विकास बैंकको शेयर ४.१५% ले घटेर सबैभन्दा धेरै मूल्य ओरालो लाग्नेमा पर्‍यो। कारोबार रकममा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो, जसको ७८ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो। सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाखभन्दा बढीको कारोबार भयो।

१३ उपसमूहमध्ये ६ वटाको परिसूचक उकालो लाग्यो। फाइनान्स समूह ४.३०% ले सबैभन्दा धेरै बढेर लगानीकर्ताको रोजाइमा पर्‍यो। हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको सूचक पनि बढ्यो। तर, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको सूचक भने घट्यो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री