रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मिश्र र दुर्गा प्रसाईंसहितका २५ जनामाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई उक्त अनुमति प्रदान गरेको हो। यद्यपि, राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने हाजिर जमानीमा रिहा भएका छन्।

Advertisement

गत चैत १५ गते राजावादी समर्थकहरूले काठमाडौँमा निकालेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो। उक्त प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। प्रहरीले मिश्रलगायतका व्यक्तिहरूमाथि प्रदर्शनलाई उक्साएको आरोप लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री