मंगलबार, ८ जेठ २०८१

युनिलिभर नेपालको नाफा ३०.४६ % ले बढ्यो

समयपोष्ट २०८१ वैशाख २८ गते १२:२५

Advertisement

चालु आर्थिैक वर्षको तेस्रो त्रैमाससम्ममा युनिलिभर नेपालको नाफा ३०.४६ % ले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा ३०.४६ प्रतिशतले धेरै हो।

कम्पनीको ब्यापारबाट हुने आम्दानी बढ्दा र खर्च घट्दा उसको नाफा बढेको हो। गत आर्थिक वर्षको चैतसम्ममा ब्यापार गरेर १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९९ करोड ५५ लाख आम्दानी गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले आफ्नो खर्चलाई पनि घटाउदै लगेको छ। गत वर्षको तेस्रो त्रैमाससम्ममा कुल खर्च १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा यस वर्ष यस्तो खर्च १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ।

Advertisement

चैत मशान्तसम्ममा कम्पनीको कुल चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ भने रिटर्न अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

कम्पनीको चैतसम्ममा वार्षिक प्रतिशेयर आम्दानी ७०३ रूपैयाँ ७३ पैसा छ। उसको प्रतिशेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ। यो गत वर्षको तुलनामा केहि घटेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री