आइतबार, २९ असार २०८२

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

समयपोष्ट २०८१ जेठ ७ गते १३:२०

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।

मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएका थिए । पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत पर्‍यो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री