शनिबार, ३ जेठ २०८२

क्लिभेज तथ्य: युवतीले गोप्य अंग देखाउन मन पराउँनुको यस्ता छन् कारण

समयपोष्ट २०७५ जेठ १३ गते ६:५२

क्लिभेज अर्थात वक्षस्थलको बीच भाग विशेषगरी मनोरञ्जन क्षेत्रमा रहेका मोडल ,सेलिब्रेटी ‘क्लिभेज शोअप’गर्न माहिर हुन्छन् । ग्यालमर फिल्ड भन्दा बाहिरका युवतीहरु पनि ‘क्लिभेज सोअप’गरेर हिडेको देखिनु सामान्यनै भईसकेको छ ।

Advertisement


सबैभन्दा पहिले क्लिभेज अर्थात वक्षस्थलको बीच भागको बारेमा बुझौँ के हो त क्लिभेज ?

क्याम्ब्रिज शव्दकोषका अनुसार ‘महिलाको छातीबीचको सानो स्थान’ जुन महिलाले माथितिर नछोपीनेगरी लगाएको बेला देखिन्छ । यो पुरूष आकर्षणको केन्द्र पनि हो ।’

महिलाहरु किन देखाउन रुचाउछन् त क्लिभेज ?
मनोरञ्जन क्षेत्रमा क्रियाशिल युवतीहरु मानिसहरुको ध्यान आफतर्फखिच्न ‘क्लिभेज शोअप’ गर्छन् । यसले केही समय बजारमा उनीहरको चर्चा चलाउन मद्दत गर्छ ।उनीहरुले नियतबसनै दुई स्तनबीचको भाग देखाउने गर्छन् । आम युवतीहरुमा त ‘क्लिभेज शोअप’फेसन जस्तै बनिसकेको छ ।कसैकसैले त ट्युाटुनै खोप्ने गरेका छन् ।

Advertisement

एकजना लेखिकाकाले क्लिभेज महिलाले सार्वजनिक रूपमा यौनिक आकर्षणका निम्ति लुगा लगाउँदा देखिने स्थान भनेकी छिन् । उनले पुरूष आकर्षणका निम्ति गरिने व्यावसायीक उपाय भनेकी छिन् । । महिलाहरूले धेरै कमाउनका लागि यस्तो प्रकारको ट्रिक अपनाउने गर्छन् ।’ तर यसको सम्पूर्ण अर्थ सतर्क वा आकर्षण गराउने नै हुन्छ । पुरूषहरू स्तन हेर्न रुचाउने भएकाले महिला सेलिब्रिटीले क्लिभेज देखाउन थालेको उनको तर्क छ ।
अन्तर्राष्ट्रिय वक्ष छाती० विशेषज्ञ इलिजाबेथ डेलले भनेकी छन्,‘क्लिभेजको पहिलो नियम भनेको तिमी कतिसम्म निहुरिने भन्ने होइन बरु कहिले र कहाँ देखाउने भन्ने हुन्छ ।’

कतिपय लेखकहरूले क्लिभेजलाई साहित्यिक र सृजनात्मक रूपमा पनि व्याख्या गरेका छन् । एकजना लेखकले भनेका छन्,‘सम्झ केटाहरू हो । क्लिभेज भनेको सूर्यजस्तो हो जुन हतासमा एक पटकमात्र हेर्ने गरिन्छ तर यो निरन्तर हेर्नु खतरापूर्ण हुन्छ ।’
कतिपय सन्दर्भमा क्लिभेजको यौनिक तर्क पनि राखिएको छ । एउटा भनाई छ,‘महिलाको क्लिभेज देखिनुले पुरुषले प्रति स्तनबारे ५० प्रतिशत हेक्का राख्न सक्छ ।’

कतिपय महिला अधिकारकर्मीहरूले यसलाई आफु अनुकुलतामा पनि व्याख्या गरेका छन् । एउटा भनाई छ,‘क्लिभेज पुरुषहरूका लागि महिला कति शक्तिशाली छन् भन्ने हतियार पनि हो ।’
क्लिभेजबारे विभिन्न क्षेत्रमा फरक अनुभुति र व्याख्या छन् । अभिनेत्री मेरिलिन मनोरोयले व्यंग्यात्मक हिसाबमा व्याख्या गरेकी छन्,‘निषेधले कठिन गरेको के हो भने क्लिभेज देखाउँदा चित्त दुखाइन्छ तर अन्य केही नदेखाउँदा पनि उनीहरूको चित्त दुखाई हुन्छ ।’

केही महिना अगाडी ‘क्लिभेज शो अप’को बिषयमा अभिनेत्रीद्वय तापसी पन्नु र स्वरा भास्करको एउटा भिडियोनै अपलोड गरे । उनीहरुले उक्त भिडियोमा ‘क्लिभेज शो’ अर्थात् वक्षस्थलको बीच भाग देखाउने प्रवृत्तिमाथि खुलेर चर्चा गरेका छन् । भिडियोमा उनीहरु भन्छन्, ‘हामी महिला हौं र हाम्रो जन्म क्लिभेजको साथमा भएको छ ।

यदि तपाईहरुसँग पनि छ भने देखाउनुस । भगवानले केही सोचेर नै यसलाई बनाउनुभएको होला । भने, अरु मान्छेले के सोच्छन् भन्ने भगवानको समस्या हो, हाम्रो होइन ।’ ३ मिनेट २३ सेकेन्डको भिडियो ‘कति क्लिभेज देखाउनु ठिक हुन्छ ? भन्ने प्रश्नबाट सुरु हुन्छ । दुवै अभिनेत्रीले अफिस, जिम, बजार, क्लब र विवाहमा महिलाहरुलाई क्लिभेज देखाउन जोगिने टिप्स दिएका छन् ।

अफिसः तापसी र स्वराले भनेका छन्, ‘अफिसमा धेरै प्रकारका मानिसहरु हुन्छन् । जस्तै अचम्मको लुक्स भएको अकाउन्ट वा रंगीन मिजासको म्यानेजर । यस्तोमा महिलाले सबै क्लिभेज छोपिने गरी हाइनेक लगाउनुपर्छ ।
जिमः जिममा हामी वर्कआउटकालागि जान्छौ । वजन कम गर्नु वा बढाउनु हाम्रो उद्देश्य हुन्छ । तर, पुरुषहरु त त्यहाँ पनि हुन्छन् र तपाईंमाथि पुरा नजर लगाउँछन् । यस्तोमा युवती र महिलाहरुले सफारी नेकको टीसर्ट लगाउनुपर्छ ।

भिडभाडमाः साँझ भिडभाड हुने ठाउँमा पोलो नेक वाला लुगा लगाउनुपर्छ ताकि मानिसहरुले तपाईंकहरुलाई देखेर जबरजस्ति गर्न नसकुन् ।
क्लवमाः यो सबैभन्दा ट्रिकी ठाउँ हो ।

यस्तोमा महिलाहरुले स्कार्फले आफ्नो क्लिभेजलाई छोप्नुपर्छ । वा काकी, हजुरआमाको सल ओढ्नुपर्छ ।
विवाहको दिनः यस दिनमा सबैको नजर तपाईंमाथि हुन्छ । यस्तोमा स्क्यान्डल मच्चाएर के गर्नु । त्यसैले महिलाले आफूलाई पूर्णरुपमा छोप्नुपर्छ ।
भिडियोको अन्यमा स्वरा र तापसीले फेरि भन्छन्, ‘तपाईंले भुल्नुभयो भने हामी फेरि याद दिलाउँछौं कि हाम्रो जन्म यसको साथ नै भएको हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री