बुधबार, १२ वैशाख २०८१

माछापुछ्रे बैंकको थप पाँच नयाँ स्थानबाट बैंकिंग सेवा सुरु

समयपोष्ट २०७५ जेठ ८ गते ६:२९

माछापुछ्रे बैंकले एक साथ तीन नयाँ शाखा कार्यालय र दुई शाखा रहित बैंकिंग सेवाको सुरुवात गरेको छ । बैंकले आईतबारबाट सुुनसरीको धरान उप–महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा तीन शाखा बिस्तार गरेको हो ।
बैंकले सोही दिन कञ्चनपुुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा दुई नयाँ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
नयाँ शाखा मार्फत बैंकले ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको जनाएको छ ।

Advertisement

बैंकले शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, कर्जा आवेदन गर्ने व्यवस्था गरिएको जनाएको छ ।

हाल बैंकले ७७ शाखा, २ एक्स्टेन्सन काउन्टर, ८८ एटीएम,२१ शाखा रहित बैकिङ्ग सेवा सहित १ सय स्थानवाट बंैकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री