मंगलबार, १३ साउन २०८२

‘कामका मामलामा धेरै हदसम्म स्कुले छात्राजस्तै थिएँ’

समयपोष्ट २०७५ जेठ ३ गते ८:१३

बलिउड सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले काम छनोटको मामलामा आफू स्कुले छात्राजस्तै भएको बताएकी छिन् ।

‘मलाई लाग्छ कि मभित्र अझ धेरै अनुभव गर्ने उत्साह हुन आवश्यक छ । कामका मामलामा धेरै हदसम्म स्कुले छात्राजस्तै थिएँ,’ कान्स भिडियो कन्फ्रेन्समा बोल्दै उनले भनेकी छिन्, ‘म निर्धारित कार्यक्रमअनुसार कुशलतापूर्वक काम गर्थें । त्यसैले पनि मैले केही राम्रा फिल्ममा काम गर्ने मौका पाएँ ।’

उनले यो पनि भनेकी छिन्, ‘पछाडि फर्केर हेर्दा अझ धेरै फिल्म गर्ने चाहना हुनुपर्ने देख्थेँ । त्यहीअनुसार योजना बनाउँथे ।’ यद्यपि त्यसो गर्न नसकेकोमा उनलाई कुनै पछुतो भने छैन । उनले भनेकी छिन्, ‘दुनियाँको आवादी हेर्नुस्, भन्नका लागि कति धेरै कथा छन्, गर्नका लागि तमाम फिल्म र काम छन् ।’

मणिरत्नम्को फिल्म ‘इरुवर’बाट बलिउडमा पाइला राखेकी ऐश्वर्याले ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘गुजारिस’, ‘जोधा अकबर’जस्ता चर्चित फिल्ममा काम गरिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री