शुक्रबार, ७ वैशाख २०८१

मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज

समयपोष्ट २०७५ जेठ ३ गते ६:४२

सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रुपमा लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ । बिहीबार श्रममन्त्री गोकर्ण विष्टले पत्रकार सम्मेलन आयोजना गरी मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क नेपालको तर्फबाट खारेज गर्ने जानकारी दिएका हुन् ।

Advertisement

मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ ।

मन्त्री विष्टले श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत बताए । मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास उनको छ ।

मन्त्री विष्टले मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय भएको समेत बताए।

झण्डै पाँच वर्षअघिदेखि मलेसियन सरकारकै संरक्षकत्वमा नेपालका यि संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन् ।

नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री