शुक्रबार, १४ वैशाख २०८१

विदेशीको सहयोगको भवन विद्यालयलाई

समयपोष्ट २०७५ जेठ ३ गते ५:४४

रामपुर, पाल्पा कालिका आधारभूत विद्यालय, रामपुर नगरपालिका–४, देवीस्थान, पाल्पामा विदेशी नागरिकको सहयोगमा दुईतले चारकोठे पक्की भवन निर्माण भएको छ ।

Advertisement

जापानी संस्था ड्रिम कम ट्रयू नामक संस्थाको रु २४ लाख, रामपुर नगरपालिकाको रु चार लाख र वडा नं ४ को रु ५० हजार आर्थिक सहयोगमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले बताउनुभयो ।

जापानी संस्था ड्रिम कम ट्रयू नामक संस्थाको आर्थिक सहयोगमा नवनिर्माण भवन विद्यालयलाई बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । नवनिर्मित भवनको संस्थाका हिडेयोकी सुजुकीले उद्घाटन गर्नुभएको छ ।

उहाँले गाउँको विद्यालयमा भवन अभावमा पठनपाठनमा समस्या परेपछि भवन निर्माणमा सहयोग गरेको बताउनुभयो । भवन उद्घाटनका अवसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले शिक्षा बिना कुनै पनि ठाउँको विकास हुन नसक्ने बताउनुभयो ।

कार्यक्रमकै अवसरमा जापानी समाजसेवी काजुमासा काकीमी (ओकेबाजे) ले विभिन्न शैक्षिक सामग्री विद्यालयलाई वितरण गर्नुभयो । कार्यक्रममा विद्यालय भवन निर्माणमा सहयोग गर्नुहुने व्यक्ति, संघ संस्थालाई सम्मानपत्रले सम्मान गरिएको शिक्षक रामबहादुर रानाले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री