बुधबार, १२ वैशाख २०८१

मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो,एकता गर्दा गर्व छः प्रचण्ड

समयपोष्ट २०७५ जेठ ३ गते ४:१३

आज २५ औं मदन-आश्रित स्मृति दिवस । हरेक साल एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा नेकपा एमालेले यो दिवस मनाउने गर्दछ ।

Advertisement

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भण्डारी र आश्रितको जिप दुर्घटनामा निधन भएको थियो । मदन-आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान एक कार्यक्रमको आयोजना गर्यो । जहाँ पहिलाे पटक माओवादी केन्द्रले सहभागिता जनाएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका अध्ययक्ष प्रचण्डले मदन-आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा गर्व लागेको बताए । उनले भने,‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जादैछौं ।’

उनले मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी दिदै यो नै मदन र आश्रतिप्रतिको सच्चा सम्मान हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री