शनिबार, १५ वैशाख २०८१

नबिल बैंकले गर्यो थप ५ गाउँपालिकामा शाखा बिस्तार

समयपोष्ट २०७५ जेठ २ गते १३:५९

नबिल बैंकले हालै आफ्नो ५ नयाँ शाखाहरु स्थानीय तहमा स्थापना गरेको छ । बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८ तिला गाउँपालिका, जुम्ला वडा नं. १ बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५ वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरि पाँच वटा नयाँ शाखाहरुमा बैंकिङ कारोबार सुरु गरेको हो ।

Advertisement

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा, होस भन्ने भावनाले ती ठाउमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको हो ।

व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्नेे प्रतिबद्धता अनुरुप बैंकले देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालयको संजालहरु विस्तार गर्दै लगिरहेको छ ।

नबिल बैंकले ६७ वटा शाखाहरुको बृहत सञ्जाल, १११ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री