शुक्रबार, १४ वैशाख २०८१

नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

समयपोष्ट २०७५ जेठ २ गते ८:४४

नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।

Advertisement

तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो ।

दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहनुभएका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री