बुधबार, १२ वैशाख २०८१

उत्तर कोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता गर्यो रद्द, अब के हुन्छ उन र ट्रम्पबीचको वार्ता ?

समयपोष्ट २०७५ जेठ २ गते ५:५७

उत्तर र दक्षिण कोरियाको आज हुने भनिएको उच्चस्तरीय वार्ता रद्द भएको छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै वार्ता रद्द गरेको हो ।

Advertisement

उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा आज वार्ता हुने तयारी थियो । अमेरिका र दक्षिण कोरियाले शुक्रबारबाट ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका थिए । बी–५२ बम वर्षक विमान र एफ–१५ जेट विमानसमेत करिब १ सय लडानु विमान अभ्यासमा छन् ।

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा तय भएको वार्ताको भविष्यमा पनि प्रश्न उठेको छ । केसीएनका अनुसार अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास ‘उक्साहट’ हो ।
सन् १९५३ मा भएको द्वीपक्षीय सम्झौताअनुसार अमेरिका र दक्षिण कोरियाले यस प्रकारको युद्ध अभ्यास गर्दै आएका छन् । तर उत्तर कोरियाले भने त्यसको विरोध गर्दै आएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री