बिहीबार, १३ वैशाख २०८१

हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज, चालक दलका दुवै सदस्यको मृत्यु

समयपोष्ट २०७५ जेठ २ गते ५:३६

सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज फेला परेको छ । बिमान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

Advertisement

दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए ।

मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री