मंगलबार, ११ वैशाख २०८१

मकालु एयरको विमान बाजुरामा भेटिएको सूचना गलत ,विमान अझै बेपत्ता

समयपोष्ट २०७५ जेठ २ गते ५:२५

सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता भएको मकालु एयरको विमान भेटिएको भन्ने खबर गलत भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

Advertisement

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमान बाजुरामा भेटिएको खबर आएको तर, सूचना गलत भएको बताए । यसअघि जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको खबर बाहिर आएको थियो ।

मकालु एयरको 9N AJU कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको थियो ।

विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री