मंगलबार, १३ साउन २०८२

आमा बन्ने रहर छ, छोरी भए गर्भपतन गर्छु : गायिका ज्योति मगर

समयपोष्ट २०७५ जेठ २ गते ४:३२

गायिका ज्योति मगरले विहे भएर सन्तान जन्माउनुपरे छोरालाई मात्र जन्म दिने, छोरी भए गर्भपतन गर्ने बताएकी छन् ।

महिलाहिंसाको विषयलाई उठाउँदै उनले प्रतिकात्मक विरोधका लागि यस्तो भनेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मुना अधिकारीको बयानसम्बन्धि विषयलाई उठान गर्दै मगरले लेखिन्,‘म विहे गर्छु कि गर्दिन थाहा छैन । तर सन्तालाई जन्म दिने इच्छा छ । तर म छोरा भएमात्र जन्म दिनेछु, छोरी भइन् भने गर्भपतन गर्नेछु ।’

उनले अगाडी लेखेकी छिन्,‘किनकी छोरीलाई जन्म दिएँ भने उनी बलात्कार हुनेछिन् । भाग्यले बाँचिन भने पनि श्रीमान् या ब्वाईफ्रेनबाट हिंसाको शिकार हुनेछिन् । दुवैसँग प्रतिकार गरी लडेर अगाडी बढिन् भने पनि उनलाई छोरी होस् तँ भन्दै ज्योती मगरलाई जस्तै अनेक लाञ्छना लगाउने, उनको स्वतन्त्र भएर लगाउने, खानेर बाँच्ने अधिकार खोस्ने प्रयास हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री