बिहीबार, १३ वैशाख २०८१

यस्तो छ शिखर इन्स्योरेन्सको तेश्रो त्रैमासको प्रगती विवारण

समयपोष्ट २०७५ जेठ १ गते ६:५२

शिखर इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा ३१ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले २६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १८ करोड २० लाख रुपैयाँमा झरेको छ । कम्पनीको बीमा कोषमा ७९ करोड चार लाख रुपैयाँ सञ्चित छ ।

Advertisement

बार्षिक प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ११ पैसा कायम गरेको कम्पनीको प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ९७ पैसा र मूल्यआम्दानी अनुपात २५.५४ गुणा रहेको छ ।

तेश्रो त्रैमाससम्ममा एक अर्ब २२ करोड ८८ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत बर्षभन्दा ८६ करोड ९७ लाख बढाएको छ । यस अवधिमा कम्पनीले ५५ करोड ७० लाख दाबी भुक्तानी गरेको छ । गत बर्षमा ३६ करोड ९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

यस अवधिसम्ममा शिखरले दुई अर्ब ४५ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कुल बीमा शुल्क दुई अर्ब ३९ लाख रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री