बिहीबार, १५ चैत २०८०

अब महानगरका यि स्थानमा चिनियाँ मोडलका अत्याधुनिक शौचालय

समयपोष्ट २०७५ जेठ १ गते ६:१६

काठमाडौं महानगरपालिकाले राजधानीका अत्यन्त व्यस्त स्थानहरुमा शौचालय निमार्ण गर्ने भएको छ । नगरपालिकाले राजधानीको ७० स्थानमा अत्याधुनिक शौचालय निमार्ण गर्ने भएको हो ।

Advertisement

महानगरपालिकाले आफ्नै खर्चमा बानेश्वर, त्रिपुरेश्वर, चाबहिल बबरमहल, गोंगबु र बसन्तपुरमा रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएका शौचालय राख्न लागेको जनाएको छ । चीनमा निकै प्रचलित यस किसिमको शौचालय मात्र ५ लाखमा निर्माण गर्न सकिन्छ ।

रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएको यस्तो शौचालय १ सय १० केजी तौलको हुन्छ । यसमा राखिएको पानीको ट्याङ्की १ सय ६० लिटरको हुन्छ भने फोहरको ट्याङ्की क्षमता २ सय ९० लिटरको हुन्छ । यसमा सौर्य उर्जाबाट चल्ने पंखा र बत्ति हुन्छ । साथै पुरुषहरुको लागि छुट्टै युरिनल समेत राखिएको हुन्छ । हात धुने बेसिन, ट्वाइलेट पेपर स्ट्याण्ड र ऐना पनि राखिएको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री