बिहीबार, १३ वैशाख २०८१

प्रदेशसभा सांसद लामिछानेको निधन

समयपोष्ट २०७५ वैशाख ३१ गते ८:५५

प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ । काठमाडौं मेडिकल कजेजमा उपचाररत उनको सोमबार दिउँसो १ बजे उपचारको क्रममा निधन भएको हो ।

Advertisement

रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किका उनलाई मष्तिस्काघात भएको थियो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री