शुक्रबार, ७ वैशाख २०८१

शाक्य उत्कृष्ट सांस्कृतिक फोटोग्राफर

समयपोष्ट २०७५ वैशाख ३० गते ९:५०

असहाय तथा जेहेन्दार २६ विद्यार्थीलाई रु पाँच लाखबराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको छ ।

Advertisement

असहाय शिक्षा सेवा केन्द्रले आज आयोजना गरेको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक दिनेशकुमार श्रेष्ठले कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय पोशाक, जुत्ता मोजा, झोला र पाठ्य सामग्री प्रदान गर्नुभयो ।

बागेश्वरी माविका १४, श्रीपद्य माविका ८ र मेघा माविका चार विद्यार्थीलाई छात्रवृत्ति, पोशाक एवं शैक्षिक सामग्री प्रदान गरिएको हो । त्यसैगरी मध्यपुरथिमिका आयुष शाक्यलाई उत्कृष्ट सांस्कृतिक फोटोग्राफर घोषणा गरिएको छ । रोट¥याक्ट मध्यपुर शाखाले आयोजना गरेको सांस्कृतिक फोटो प्रदर्शनीमा शाक्यलाई उत्कृष्ट घोषणा गरिएको हो ।

प्रदर्शनीमा राजु महर्जनको तस्वीर दोस्रो र कपिलचन्द्र पालको तस्वीर तेस्रो भएको संस्थाका अध्यक्ष चन्द्र चक्रधरले बताउनुभयो । प्रदर्शनीमा उत्कृष्ट हुने प्रतियोगीलाई प्रदेशसभा सदस्य राजेन्द्र श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री