मंगलबार, ११ वैशाख २०८१

सडक जीवन बिताउनेहरूको पुनःस्थापना शुरु

समयपोष्ट २०७५ वैशाख ३० गते ७:५९

बुटवलका सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ ।

Advertisement

आउँदो साउन महिनासम्ममा यहाँका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि आजदेखि उक्त अभियान शुरु गरेको हो ।

आश्रमका लागि उपमहानगरपालिकाले बुटवल–१३ जितगढीमा अर्को व्यवस्था नहुञ्जेलका लागि भवनसमेत उपलब्ध गराएको छ । तीन महिनाभित्रमा बुटवलका सडकमा जीवन बिताउन बाध्य भएकाहरुलाई औषधोपचारसहित आश्रममा लगेर स्याहार सुसार गरिने अभियन्ता रामजी अधिकारीले जानकारी दिनुभयो ।

आश्रमको अभियान शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले मानवताको शहरका रुपमा बुटवलको विकास गरिने बताउनुभयो । मानवीय सेवामा नगरवासीलाई पनि सहकार्य गर्न आग्रह गर्दै उहाँले सडक मानवमुक्त अभियानले बुटवलवासीको गरिमा बढ्ने उल्लेख गर्नुभयो ।

आश्रमका प्रमुख संरक्षक तथा डा गोविन्द टण्डनले सेवाभावको उद्देश्यले देशैभरि यस्तो अभियान सञ्चालन गरिएको बताउँदै आउँदो १० वर्षसम्ममा नेपाललाई नै सडक मानवमुक्त बनाउने गरी आफूहरु अभियानमा जुटेको बताउनुभयो ।

आश्रमको मुख्य कार्यालय मकवानपुरको हेटौँडामा छ । यो कार्यालय २०६९ सालमा स्थापना भएको हो । यस्तै भरतपुर, काठमाडौँ, ललितपुर, गोरखा, लमजुङ, वीरगञ्ज, बागलुङ तथा कास्कीमा आश्रमका शाखा सञ्चालन भइसकेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री