मंगलबार, ११ वैशाख २०८१

शास्त्र भन्छ: कहिले अधुरो नछाड्नुहोस् यि ४ काम,समृद्धिमा आउनसक्छ आँच

समयपोष्ट २०७५ वैशाख ३० गते ६:३७

सुखी एवं समृद्धशाली जीवनको लागि शास्त्रमा महत्वपुर्ण नियमहरु बताईएको छ । यस्ता नियमको पालना गर्दा मानिसको जीवन सुखि र समृद्धशाली हुने गर्छ । गरुड पुराणको आचारगाण्डको नीतिसार अध्यायमा यस्ता ४ कामको बारेमा चर्चा गरिएको छ जुन पुरा नगरि अधुरो छाड्दा निकै हानी बेहोर्नुपर्ने हुन्छ ।

Advertisement

१.ऋण भुक्तान
यदि कसैसंग ऋण लिनु भउको छ भने त्यो ऋण पुरै फर्काउँनु पर्छ । पुरै नफर्कउदा ब्याजका कारण त्यो पुन बढ्न थाल्छ । यदि कुनै आफन्तसंग क्रण लिएर भनेको समयमा तिर्न नसक्दा सम्बन्धमा नकारात्मक असर गर्छ ।

२.रोगको उपचार
कुनै रोग लागिहाले त्यसलाई सम्पुर्ण रुपमा निको हुने गरी उपचार गर्नुपर्छ । एकपटक लागेको रोग जरै देखि निको नपारे त्यसले फेरी खतरनाक रुपमा हमला गर्नसक्छ ।

३.आगो निभाउनु
आगो लागे त्यसलाई सम्पुर्ण रुपले निभाउनुपर्छ । आगोको सानो झिल्कोले धेरै जन धनको क्षति पुर्याउनसक्छ ।

४.शत्रुता

कसैसंग शत्रुता त भने त्यसलाई समयमानै अन्त्य गर्नुपर्छ । शत्रु सधै अर्काको अहित गर्ने योजना बनाईरहेका हुन्छन् । शत्रुलाई नाश गर्दा मात्र डरको पनि नाश हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री