शुक्रबार, १२ मंसिर २०७७

भारतविरोधी अभियान चलाउँदै आएका ग्रेटर नेपालका अध्यक्ष नेपाल विमानस्थलबाट पक्राउ

समयपोष्ट २०७५ वैशाख २९ गते ९:३०

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

Advertisement

विदेश भ्रमणबाट स्वदेश फर्किँदै गरेका उनलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनले भारतविरोधी अभियान चलाउँदै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनले प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यमनगर गर्दै पक्राउ गरिएको बताइएको छ ।

Advertisement

उनले सुगौली सन्धिबाट गुमेको नेपालको भूमि फिर्ता गराइनु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री