आइतबार, २१ मंसिर २०७७

‘बिपीले घरमा एउटा गाई होस्, सानो घर होस् भनेको कुरा अहिले नेपाली समाजसंग मेल खाँदैन’

समयपोष्ट २०७५ वैशाख २९ गते ४:०४

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताउनुभएको छ ।

Advertisement

सदरमुकाम फिदिममा आज बिहान राससकर्मीसित कुरा गर्दै उहाँले भन्नुभयो, “ महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले छैन ।अहिले समाजका मुद्दा फेरिसकेका छन्, त्यसैले अहिले फेरिएको नेपाली समाजअनुसार काँग्रेस अघि बढ्न आवश्यक छ ।”

अब काँग्रेसले समाजवादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने आवश्यकता उहाँले आँैल्याउनुभयो ।

Advertisement

काँग्रेसलाई जनताको घरघर र टोलटोलमा पु¥याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै पार्टी अघि बढ्न सक्ने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री