शुक्रबार, १६ चैत २०८०

हेलिकोप्टरमा किन आएनन् मोदी ?

समयपोष्ट २०७५ वैशाख २९ गते १:१९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकोप्टर चढेर जनकपुर आउने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो ।

Advertisement

आजको कान्तिपुरमा यो खबर छ, त्यसैअनुसार निर्धारित समय बिहान सवा १० बजे जनकपुर विमानस्थलमा हेलिकोप्टरको प्रतीक्षा भइरहेको थियो । तर उक्त समयभन्दा १० मिनेटपछि जनकपुरको आकाशमा एटीआर विमान देखियो । जसमा थिए, मोदी ।

उनी पटनाबाट नभई दिल्लीबाट एयर इन्डियाको विमानमा जनकपुर ओर्लिए । उनी चढेको एटीआर विशेष विमान नभई एयर इन्डियाको भारतका विभिन्न शहरमा उडान भर्ने कमर्सियल विमान थियो ।

स्रोतका अनुसार सुरक्षाका कारकण मोदीको उडान विशेष विमानमार्फत गराइएको थियो । हेलिकोप्टर उपकरणमार्फत नभई जहाजको तुलनामा धेरै तलबाट उडान गर्ने भएकाले विमानबाट गरिएको हुनसक्छ स्रोतले भन्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री