बिहीबार, २० वैशाख २०८१

उपराष्ट्रपतिसँग भारतीय प्रधानमन्त्री मोदीले भने-विकास र समृद्धिका लागि सहयोग गर्न तयार छौ

समयपोष्ट २०७५ वैशाख २८ गते १३:५३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका छन् । मोदीले उपराष्ट्रपति निवास बहादुर भवनमा पुगेर उपराष्ट्रपति पुनसँग भेटवार्ता गरेका हुन् । भेटमा उपराष्ट्रपतिले परापूर्वकालदेखिको नेपाल–भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्रीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले दुई देशबीचको उच्चस्तरीय निरन्तर भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मक रुपमा निकटता ल्याउने गरेको बताए ।

Advertisement

उनले नेपालको विभिन्न क्षेत्रमा भारतको ठूलो लगानीको नेपालले अपेक्षा गरेको उल्लेख गर्नुहुँदै सिमा क्षेत्रमा हुने डुवान, आवाजत जावतमा देखा पर्ने समस्याहरु हल हुँदै जाने अपेक्षा व्यक्त गरे । उनले विगतमा दुई देशबीच भएको सहमति, सम्झौताहरु कार्यान्वयनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने, विगत सम्झौता र सन्धिहरु दुवै देशको पारस्परिक हित अनुकूल र समय अनुकुल हुने गरी पुनरावलोकन हुने विश्वास समेत व्यक्त गरे ।

भेटमा उपराष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल रहेकोमा धन्यवाद दिनुहुँदै मुक्तिनाथ भ्रमण सफलताको शुभकामना समेत दिएका थिए । उनले मुक्तिनाथ धार्मिक आस्थाको केन्द्रमात्रै नभइ सुन्दर पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्नुहुँदै त्यहाँको आनन्द लिन आग्रह गरेका थिए । उनले मुस्ताङको चिया अत्यन्त स्वादिलो रहेको जानकारी गराउँदै त्यहाँको चिया पिउन समेत आग्रह गरे ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधै तयार रहेको बताए । उनले पर्यटन, जलविद्युत, कृषिलगायतका क्षेत्र नेपालको समृद्धिको आधार भएको आफूले पाएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्न भारत तयार रहेको बताए ।
उनले दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्ने बताउँदै भारत र नेपालबीच सहकार्य भए जस्तो सुकै काम पनि गर्न सकिने बताए

प्रतिक्रिया

सम्बन्धित सामाग्री