शनिबार, १५ वैशाख २०८१

जनकपुर अंग्रेजले नेपाललाई दिएको भन्दै भाजापा सांसदले गरे फिर्ता माग

समयपोष्ट २०७५ वैशाख २८ गते ९:२५

भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग फिर्ता माग्न आग्रह गरेका छन् ।

Advertisement

शुक्रबार मिथिलाको राजधानी जनकपुुर आइपुगेका मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई ट्वीटमार्फत आजादले सो माग गरेका हुन् ।

२ सयवर्षअघि नेपाल र अंग्रेजबीच भएको सन्धी अनुसार मिथिला राज्य नेपाललाई दिइएको उल्लेख गर्दै आजादले अब सो सन्धीको अवधि सकिएको बताउँदै मिथिलाको भूभाग नेपालबाट फिर्ता माग्न सुझाएका हुन् ।

उनले नेपालबाट सो क्षेत्र फिर्ता लिएर मिथिला राज्य गठन गर्न पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री