बुधबार, १२ वैशाख २०८१

देश विकासमा युवालाई परिचालन गरिने

समयपोष्ट २०७५ वैशाख २८ गते ६:३८

युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभातविक्रम कटुवालले अब देशको विकासका लागि युवालाई परिचालन गर्ने बताउनु भएको छ ।

Advertisement

नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले बिहीबार सूर्यविनायकस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारी कार्यक्रमको मात्र भर नपरी अब युवालाई विकासको काममा परिचालन गरी सरकारको लक्ष्य पूरा गर्न सघाउने बताउनु भयो । उहाँले १६ वर्ष माथिका प्रत्येक युवालाई रोजगारी दिन हातहातमा सीप र प्रविधि पु¥याउने गरी अभियान शुरु गर्न लागेको बताउनु भयो ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कार्यवाहक अध्यक्ष बचन देउजा, युवा संघ सचिवालय सदस्य निरेसलाल सिंह, केन्द्रीय सदस्य सञ्जीव रोकाहा, विनोद केसी, दीपक थापा लगायतले आगामी जेठ १ गते हुने युवा संघ नेपालको २८औँ स्थापना दिवस सफल पार्न आह्वान गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री