शनिबार, १५ वैशाख २०८१

भारतीय प्रधानमन्त्री मोदीद्वारा जानकी मन्दिरमा पूजाअर्चना, ओलीले मन्दिर मै गरे स्वागत

समयपोष्ट २०७५ वैशाख २८ गते ६:०५

जनकपुर भ्रमणमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् ।

Advertisement

उनले मन्दिरमा करिब ६ मिनेट पूजा गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन् ।

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिर मै स्वागत पनि गरेका छन् । मोदीभन्दा एक घण्टा अगाडि पुगेका ओलीले मन्दिरको गेटमा स्वागत गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री