जब सोनमको रिसेप्सनमा बलिउडका यि पुर्व जोडी आमनेसामने भए
सोनम कपुरको रिसेप्सनमा बलिउडका लगभग सबैजसो सेलिब्रिटीको उपस्थिती भए । यस्तोमा केही स्टार्सले आफ्ना पूर्व पार्टनरको सामना पनि गर्नुपर्यो ।
मिडियादेखि त्यहाँ उपस्थित अन्य पाहुनासम्मको ध्यान ती सेलिब्रिटीमा केन्द्रीत रह्यो जो कुनै बेला प्रेमजोडीका रुपमा परिचित थिए । सलमान खान र ऐश्वर्या राय बच्चन पनि पार्टीमा पुगे । यतिमात्र होइन, सलमानको सामना कट्रिनासँग पनि भयो ।
सलमानले कट्रिनालाई देख्नेबित्तिकै अंगालो हालेका थिए ।
अभिषेक बच्चन र करिश्मा कपुरको सम्बन्ध इन्गेजमेन्टसम्म पुगेको थियो । तर कुनै कारणवश उक्त सम्बन्ध टुट्यो । मंगलबार दुबै सोनमको पार्टीमा उपस्थित थिए ।
अभिषेक बच्चन र रानी मुखर्जीको अफेयरको खबर पनि कुनै बेला चर्चाको विषय थियो ।
शिल्पा शेट्टी र अक्षय कुमारलाई पनि कुनै बेला लभबर्डस्को रुपमा हेरिन्थ्यो तर अब यी दुबै आफ्नो वैवाहिक जीवनमा व्यस्त छन् ।
शाहिद र करिनाको अफेयर पनि जब वी मेटपछि निकै चर्चामा थियो ।एजेन्सी
प्रतिक्रिया