जनकपुरधाममा भारतिय सेनाको परेड
भारतीय प्रम नरेन्द्र माेदीको सुरक्षाका लागि भन्दै ३ दर्जन भारतीय ब्ल्याक कमाण्डो जनकपुरधाममा परिचालित भएका छन् ।
कमाण्डो भ्रमणको दिन थप हुने २ नं प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंहले बताए ।
मोदीको शुक्रबार हुन लागेकोे भ्रमणको क्रममा हुने नागरिक अभिनन्दनका लागि प्रदेश सरकारले नगरभित्र करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरेको उनले जानकारी दिए ।
उनले मोदीको नागरिक अभिनन्दन हुने स्थान बाह्र विग्घा मैदानमा स्थानीय नागरिकको खयाल गर्दै सुव्यवस्थित बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।
त्यसदिन बाह्रविघा मैदानमा मात्रै ३ हजार ४ सय ८२ जना सुरक्षाकर्मी खटाईने उनले जानकारी दिए । जनकपुरमा मोदीको स्वागतका लागि सडक सरसफाईदेखि मिथिला संस्कृति झल्किने विभिन्न खाले मिथिलाचित्रकलाहरुले जनकपुरधामलाई सजाईएको छ । यसका लागि स्थानीय सरकारदेखि प्रदेश सरकार समेत व्यस्त छन् । जनकपुरधाममा मोदीको स्वागतको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया