टोखाबाट नक्कली पेस्तोल देखाएर होटेल व्यवसायीलाई धम्क्याउने पक्राउ

काठमाडौंको टोखा नगरपालिका-९ गणेशस्थानबाट नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गरेको अरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा
तारेकेश्वर नगरपालिका-१३ बस्ने ३२ वर्षे सुदिप गुरुङ रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पेस्तोल देखाएर सर्वसाधारण, व्यापारी तथा होटेल व्यवसायीहरुलाई धम्क्याउने रकम माग गर्ने, रेष्टुरेन्टमा पैसा नतिरी हिड्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ परेका गुरुङको महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री