गृहमन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।
समितिले एसएसपीहरु केदार रिजाल,शेरबहादुर बस्नेत,पिताम्बर अधिकारी,दिपक कुमार थापा,दिनेश अमात्य,नारायण सिहं खड्का,रबिन्द्र प्रसाद शर्मा,कमल बादुर जिटी,महेन्द्र कुमार पोख्रेल,महेश बिक्रम शाह,प्रेम चन्द ,श्याम खड्का,दान सिंह बोहरा,शुशिल कुमार भण्डारी,राम प्रसाद श्रेष्ठ र सुरज केसीलाई बढुवा गर्न सिफारिस गरेको छ ।
संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया