टुविटरका ३३ करोड प्रयोगकर्ताहरुलाई कम्पनीको अपिल: तत्काल पासवर्ड परिवर्तन गर्नुहोस्
समयपोष्ट
२०७५ वैशाख २१ गते ६:१०
सामाजिक सञ्जाल ट्विटरका ३३ करोड प्रयोगकर्ताहरुलार्इ कम्पनीले पासवर्ड परिवर्तन गर्न अनुरोध गरेको छ । कम्पनीको प्राविधिक त्रुटीका कारण केही ट्विटर प्रयोगकर्ताहरुको पासवर्ड कम्पनिको आन्तरिक कम्प्युटर सिष्टममा स्टोर हुँन पुगेको टुविटरका चिफ एक्जुकेटिभ ज्याक डार्सेले एक ट्विट मार्फत जानकारी दिएका छन् ।
कम्पनीले एक ब्लग पोष्ट गर्दै यसो हुन पुगेकोमा दु:ख समेत ब्यक्त गरेको छ । साथै ट्विटर अकाउण्ड ह्याक हुँनबाट जोगाउँन स्तरिय प्रमाणिकता पालन गर्न अनुरोध समेत गरेको छ ।
आन्तरिक जाँचका क्रममा कुनै पनि प्रयोगकर्ताहरुको पासवर्ड ह्याक नभएको साथै अकाउण्टको दुरोपयोग नभएको पाइएको समेत कम्पनीले उल्लेख गरेको छ । तर कम्पनीले पासवर्ड परिवर्तन गरेर सुरक्षित रहन सबै प्रयोगकर्ताहरुलाई अपिल गरेको छ ।एजेन्सी
प्रतिक्रिया