पुतलीबजारकी मेयर पोखराको फेवातालमा हामफालिन्

स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरेकी छन्।

प्रत्यक्षदर्शीका अनुसार आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर बिहिबार साँझ करिब ४ बजेतिर उनी फेवा तालमा हाम फालेकी हुन्। उनी हाम फालेको देख्ने बित्तिकै किनारमै रहेका एक विदेशी पर्यटकले पौडिएर उनलाई तालबाट बाहिर निकालेका थिए।

Advertisement

तालबाट निकालेपछि उनलाई उद्धारमा रहेका व्यक्तिले सम्झाई बुझाई गरेका थिए।

उद्धारकर्ताले उनी डिप्रेशनका कारण तालमा हाम फालेको हुन सक्ने बताएका छन्।

उनी पोखरामा जारी ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका’ विषयक गोष्ठीमा भाग लिन आएकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री